×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आइतबार हुँदै, २० प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आइतबार हुँदै, २० प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा कात्तिक २८ गते आइतबार हुने भएको छ । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । यसआधारमा कम्पनीले ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस र करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७८७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ । सभा गर्न कम्पनीले कात्तिक १४ बुक क्लोज गरेको थियो । जसकारण कात्तिक १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश लिन र सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी