डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट प्रेस चौतारीको प्रदेश स्तरीय रणनीतिक भेलाको सुरु भएको छ । नेकपा एमालेका सुदुरपश्चिम संयोजक कर्ण मल्ल तथा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको उपस्थितिमा प्रदेश स्तरीय भेला सोमबार डडेल्धुरामा सुरु भएको हो ।
प्रदेशमै पहिलोपटक ९ वटै जिल्लाका प्रतिनिधिको उपस्थितिमा आयोजना गरिएको ऐतिहासिक कार्यक्रममा श्रमजीवी संचारकर्मीका हक हितका विषयमा छलफल गरिने बताईएको छ । त्यस्तै प्रदेशमा सशक्त रणनीति तय गर्दै संगठनको स्तरियताका विषयमा पनि छलफल गरिनेछ । कार्यक्रममा प्रेस चौतारीका विभिन्न जिल्लाबाट झण्डै १०० जनाको उपस्थिति रहेको छ ।