×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराज ११.११ को नयाँ रेकर्ड, २४ घण्टामा ७ लाख प्रयोगकर्तालाई सेवा दिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दराज ११.११ को नयाँ रेकर्ड, २४ घण्टामा ७ लाख प्रयोगकर्तालाई सेवा दिँदै

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । २४ घण्टा भित्र ७ लाख अनलाइन २४ घण्टा भित्र ७ लाख अनलाइन प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । ३६ करोड भन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनिले जानकारी दिएको छ ।

अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउदै गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ । गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५०% भन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ । ११.११ मा बिक्री गर्ने हजारौं व्यवसायहरू मध्ये, ५५% ले महामारीको समयमा दराजमा बिक्रि सुरु गरेका थिए।

यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम हो । दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले भने, “हामी आजको नतिजाबाट खुसी छौँ ।  ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्दछ । यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलानबाट वृद्धि गर्न सक्छन भनेर पनि चित्रण गर्दछ ।”

पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि, कम्पनीको ध्यान अब आफ्ना ७ लजिस्टिक पार्टनर र १,००० भन्दा बढी डेलिभरी राइडरहरूसंग मिलेर देश भरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित छ । सेलको सफलताको बारेमा बोल्दै, दराज नेपालका एमडी लिनो अलरिङ्गले भने, “हामी हाम्रा सबै साझेदारहरूसँग यस्तो कीर्तिमान हासिल गर्न पाउँदा अत्यन्तै खुसी छौँ । हाम्रा सबै ग्राहकहरूलाई दराज माथि असीम विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु । ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा हो र यस्तो कीर्तिमानी अभियान आयोजना गर्न पाउनु हामी सबैको लागि गौरवको क्षण हो ।

अब हाम्रो सम्पूर्ण देश भरका हाम्रा ग्राहकहरूले सकेसम्म चाँडो अर्डरहरू प्राप्त गरुन भन्ने सुनिश्चित गर्नमा केन्द्रित छौँ । हाम्रो लजिस्टिक पूर्वाधारहरुमा गरिएको महत्वपूर्ण लगानीका कारण हामी हाम्रा प्रतिज्ञाहरू पूरा गर्नेछौँ । भन्ने कुरामा हामी विश्वस्त छौं। हाम्रो लागि यो अहिलेसम्मको सबैभन्दा ठूलो ११.११ रहनुको साथै अहिलेसम्मकै उत्कृष्ट अनुभव पनि रहेको छ।“ ११.११ को भव्य सफलता पछि, आउने दिनहरुमा ग्राहकहरुको लागि ११.११ का लोकप्रिय अफर र बिभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी