×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले भव्य गाला लाइभ आयोजना गर्दै, दर्शकहरूले घर बसी नयाँ टिभिएस रेडर जित्न सक्ने

LAXMI SUNRISE BANK
GLOBAL

दराजले भव्य गाला लाइभ आयोजना गर्दै, दर्शकहरूले घर बसी नयाँ टिभिएस रेडर जित्न सक्ने

१८ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ११.११ को पूर्वसन्ध्यामा, दराजले ११ प्रख्यात सेलिब्रेटीहरू सहित, कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र मालभिका सुब्बासँग दराज प्रयोगकर्ताहरूका लागि भव्य गाला लाइभ आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू र दराज प्रयोगकर्ताहरूका लागी नयाँ टिभिएस रेडर लगायत राम्रा पुरस्कारहरू जित्ने मौका रहेको दराजले जनाएको छ । उक्त कार्यक्रम विशेष रूपमा दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण गरिनेछ । लाइभस्ट्रिमिङ विगत केही वर्षहरूमा निकै लोकप्रिय हुँदै गईरहेको छ । यसको मुख्य कारण भने कोभिड महामारीमा धेरै ब्रान्ड, बिक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरन्जनको नयाँ तरिकाको खोजिमा आफ्नो ऊर्जा अनलाइन सारे । र यसरि नै लाइभस्ट्रिमिङ अहिले आफैंमा एक ठूलो उद्योग भएको छ ।

चीनको लाइभस्ट्रिमिङ उद्योग मात्र करिब ५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ र विश्वव्यापी रूपमा लाइभ स्ट्रिमिङ उद्योग २०२७ सम्ममा १८४.३ अर्ब अमेरिकी डलर हुने अपेक्षा गरिएको छ । यसो भनिरहँदा, नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूहको, दराजले भदौ २०७८(सेप्टेम्बर २०२१)मा देशको पहिलो इन-एप सपिङ लाइभ स्ट्रिम दराज लाइभ प्रयोगकर्ताको सामु पेश गर्यो । नेपालमा अनलाइन किनमेललाई पुनः आविष्कार गर्ने दृष्टि राखी र अलिबाबाको अनुभव, अन्तरदृष्टि र प्रविधिहरूको सदुपयोग गर्दै, दराज लाइभ प्रस्तुत गरेको कम्पनीले जनाएको छ । अनलाइन शपिंग र मनोरञ्जनलाई मिलाएर, दराज लाइभले नवीन र रमाइलो अनुभव प्रस्तुत गर्दछ जहाँ ग्राहक, ब्रान्ड र बिक्रेताहरूले दराज एप मार्फत प्रत्यक्ष छलफल, उत्पादन प्रदर्शन र एकै साथ खरिद गर्ने समृद्ध अनुभव प्राप्त गर्न सक्दछन्।

‘हामी दराज लाइभ मार्फत ग्राहक र बिक्रेता बिचको सम्बन्धलाई अझ बढि मजबूत गर्ने आशा गर्दछौं । हामी एक बलियो समुदाय निर्माण गर्न चाहन्छौं, जहाँ अनलाइन शपिंगको कुरा आउँदा ग्राहकहरूले खोजिरहेको कुनै पनि जानकारी प्रतक्ष्य बिक्रेताबाट पाउन”, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने । दराज लाइभ मार्फत, दराजले दक्षिण पूर्व एशियाको अग्रणी ई-कमर्स प्लेटफर्म लजाडाले सुरु गरेको ल्याज लाइभको सफलतालाई दोहोर्याउने लक्ष्य राखेको छ । अप्रिल २०२० मा, ल्याज लाइभले २७ लाख भन्दा बढी नयाँ प्रयोगकर्ताहरू प्राप्त गर्यो र त्यसपश्चात उक्त क्षेत्रको बिक्रेता, व्यवसाय र उपभोक्ताहरूको संलग्नता र मनोरन्जनको सबैभन्दा मनपर्नेे मंच भएको छ । वर्षकै सबै भन्दा ठुलो सेल-११.११ को बारेमा थप जान्न र सङ्कलन गर्न मिल्ने धेरै भाउचरहरू जित्नका लागि, दराजले आफ्ना प्रयोगकर्ताहरूलाई नोभेम्बर १ देखि दराज एप मार्फत दैनिक दराज लाइभमा जोडिन सिफारिस गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी