×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्ष बित्दा पनि डोटीका मजदुरले पाएनन् ज्याला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक वर्ष बित्दा पनि डोटीका मजदुरले पाएनन् ज्याला

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदुरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् । भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदुरलाई ज्याला नदिएपछि उनीहरु मारमा परेका हुन् ।

विसं २०७७ मा एक करोड ७० लाखमा भवन निर्माणको ठेक्का पाएको पिएस पिएस कन्सट्रक्शन प्रालि, सिलगढीले पेटी ठेक्का बाराही निर्माण सेवालाई प्रदान गरेको हो । निर्माण सेवाले भवन निर्माण सम्पन्न गरे पनि मजदुरलाई भने काम गरेवापतको रकम अहिलेसम्म दिएको छैन । भवनको काम सम्पन्न भई कार्यालय सञ्चालनमा आइसक्दा पनि ज्याला नपाएको स्थानीय जगत बिकले बताए । उनी भन्छन् , “भवन हस्तान्तरण भइसकेको छ, मजदुरको ज्याला बाँकी नै छ ।”

मजदुरले दैनिक ४०० का दरले भवन निर्माणमा काम गरेका थिए । पूर्वीचौकी गाउँपालिका–२ का हीरादेवी ओली मजदुरले निर्माण कम्पनीविरुद्ध आन्दोलनको तयारी गरेको बताउछिन् । पिएस कन्सट्रक्शनका प्रोप्राइटर प्रेमशङ्कर भट्टले बाराही निर्माण सेवाले ज्याला दिनुपर्ने बताए । उनी भन्छन् ,“सम्पूर्ण खर्च निर्माण सेवाले नै तिर्नुपर्छ ।” प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ज्याला नपाएको कसैले पनि प्रशासनमा उजुरी नदिएको बताए । घर नजिकै रोजगारी पाएपछि खुशी भएका स्थानीयवासी ज्याला नपाएपछि पीडित बनेका छन् । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी