×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.४ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित एभरेष्ट बैंकले पुस १ गते बोलायो २७औं वार्षिक साधारणसभा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

१०.४ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित एभरेष्ट बैंकले पुस १ गते बोलायो २७औं वार्षिक साधारणसभा

काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले पुस १ गते २७औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा बैंकको केन्दीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

उक्त सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेण्डा पनि रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल पनि हुने भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: