काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ३ करोड ९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा १.३८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै गत वर्ष १२ करोड ११ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस त्रैमासमा २६.४२ प्रतिशतले बढाएर १५ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ ।
कम्पनीको बिमा कोष पनि २९.२८ प्रतिशतले बढेर ४४ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसको बिमा कोषमा ३४ करोड २० लाख रुपैयाँ रहेको थियो । १६ करोड ८२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीको जगेडा कोषमा ३९ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ४६ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ०६ पैसा रहेको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्