काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ९ सय २१ रुपैयाँ ८२ पैसा निर्धारण गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते आइतबार बुक क्लोज गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीको लाभांश प्रस्तावसहित मंसिर १६ गते वार्षिक साधारणसभा हुने भएको छ । सभाबाट पारित भएपछि लाभांश वितरण हुने भएको छ । यसको सभा आम्रपाली ब्यांकेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ।