×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड माइक्रोफाइनान्सद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ६.१५ प्रतिशतले घट्यो खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फरवार्ड माइक्रोफाइनान्सद्धारा पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ६.१५ प्रतिशतले घट्यो खुद नाफा

Artha Sarokar

२९ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ६.१५ प्रतिशतले थोरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ८ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको सञ्चालन नाफा ६.०४ प्रतिशतले घटेको छ भने खुद ब्याज आम्दानी ६.१५ प्रतिशतले घटेको छ ।

कम्पनीले असोज मसान्तसम्म कर्जा लगानी ६.१५ प्रतिशतले बढाएको छ र निक्षेप संकलन ३९.२३ प्रतिशतले बढाएको छ । यसैगरी कम्पनीको रिजर्भ कोषमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने खराब कर्जा २.७१ प्रतिशतबाट बढेर ३.७२ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८१ पैसाले घटेर ५३ रुपैयाँ ६७ पैसा (वार्षिक) मा झरेको छ र यसको प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ ५३ पैसा रहेको छ । हाल यसको चुक्ता पुँजी ६२ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी