काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कमपनीले पहिलो त्रैमाससम्म आइपुग्दा ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ६१.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड ३७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको बिमा कोषको आकार पनि ९२.०६ प्रतिशतले बढेर १२ करोड ८ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषको आकार ६ करोड २९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको खुद बिमा शुल्क भने २५.२७ प्रतिशतले घटेर ७ करोड २८ लाख ९५ हजार रुपैयाँमा पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १५ रुपैयाँ ३४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्