डढेलधुरा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पाँचौ पटक प्रधानमन्त्री बनेका शेर बहादुर देउवाले आफ्नै गाउँ जाने बाटो बनाउन नसकेको बताएका छन् । प्रेस चौतारीको सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै उनले असक्षम प्रधानमन्त्रीको जिउँदो साक्षी देउवा भएको बताएका हुन् ।
प्रधानमन्त्री शेर बाहादुरको गृह जिल्लामा उभिएर चुनौति दिंदै उनले झुक्किएर पाँच पटक प्रधानमन्त्री बनेको भएतापनि अव सम्भावना शून्य रहेको उनले ठोकुवासमेत गरेका छन् ।
‘पार्टी अध्यक्ष केपी ओलीको योजना तुहाउने शेर बहादुर देउवा हो’, उनले भने, ‘ व्यवस्थित बाटाघाटाका योजना अन्धो भएर सबै खारेज गरिदिएर सुदूरको विकास १० वर्ष पछाडी धकेल्ने पनि उनै देउवा हुन् ।’ उनले भने ।
त्यस्तै उनले पाँच पटक प्रधानमन्त्री बन्दापनी आफ्नै गाउँ जाने बाटो बनाउन नसकेको आरोप लगाएका छन् । ‘देउवा देखेर सुदूरका जनता आजित बनिसके’, अध्यक्ष बस्नेतले भने-‘आफ्नै घर राम्रो भएको नरुचाउनेले देशको बाटो तय गर्न सक्दैनन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्