काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ ।
प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्