काठमाडौं । डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुशन, ले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलिएको जनाएको छ। ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु छन् । जेनिस सलुशन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो।
जेनिसले यस भन्दा पहिले नै अमेरिकास्थित केहि ठूला ब्यांकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५०० कम्पनीहरुलगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह संजाल पुराउने जेनिसको रणनीतिको एक अंग हो।
संयुक्त राज्य अमेरिका सूचना, संचार तथा प्रविधि उद्योगमा संसारकै सबै भन्दा ठूलो बजार हो र त्यहाँ हाम्रो औपचारिक उपस्थिति हाम्रा लागि एउटा उपलब्धि र गौरवको कुरा हो । हामीले नेपालमा एउटा बलियो कार्यसंचालन आधार तयार गरेर अमेरिकास्थित कम्पनीहरुलाई डिजिटल रुपान्तरणको क्षेत्रमा हाम्रा विशिष्ट सेवाहरु उपलब्ध गराउने छौं ।
हामी एउटा कम्पनीको रुपमा अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, संचार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक श्रोत मुलुकको रुपमा स्थापित गर्न पनि चाहन्छौं, जेनिस सलुशन लिमिटेडका ग्लोबल मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले भने। जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरु संगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्व भरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ। अमेरिकी बजारमा चाहिं उच्च गुणस्तरका डेभ अप्स, क्लाउड माइग्रेशन्स, क्लाउड नेटिभ डेभलपमेंट्स, एस इ ओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवाहरु प्रतिस्पर्धी दरमा उपलब्ध गराइने छ।
यस अघि विश्व बैंकको आइएफसी अन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सलटेंसी कम्पनी, जेनिस सोलुसन प्रालि, मा झन्डै साढे पांच करोड रुपियाँ बराबरको लगानी गरेको थियो । बिजनेस अक्सिजन प्रालि विश्व बैक अन्तर्गत रहेको आइएफसीको लगानी रहेको नेपालकै पहिलो निजी इक्विटी फन्ड हो । जेनिस सोलुसनले उक्त लगानी नेपालमा ुहाइब्रिड क्लाउड सुरु गर्न र कम्पनीद्वारा प्रदान गरिने सेवाहरुमा उल्लेख्य वृद्धि गर्न चालु पूँजीको रुपमा उपयोग गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्