Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको नाफा सामान्य बढ्यो : वितरणयोग्य नाफा ३ अर्ब हुँदा प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको खुद नाफा ५.०४% ले बढेको छ । बैंकले  चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५.०४% ले बढेर १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ कमाएको जनाएको हो ।
यता वितरणयोग्य नाफामा भने आकर्षक वृद्धि भएको छ । यो अवधिसम्म आउँदा बैंकको वितरणयोग्य नाफा २२ करोड ६१ लाख ६१ हजार रुपैयाँबाट बढेर ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको हो । बैंकको खुद ब्याज आम्दानी भने ९.८२% ले घटेको छ ।
यस्तै सञ्चालन नाफा भने ५.४५% ले बढेर १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK