Skip to content
LAXMI SUNRISE BANK

आईतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८० हजार ३ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK