×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रामीण विकास लघुवित्तले नाफामा मार्यो चमत्कारिक छलाङ, अधिकाशं सूचकहरुमा पनि आकर्षक वृद्धि (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्रामीण विकास लघुवित्तले नाफामा मार्यो चमत्कारिक छलाङ, अधिकाशं सूचकहरुमा पनि आकर्षक वृद्धि (विवरणसहित)

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा ११८.८४ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले ३० करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन खुद ब्याज आम्दानी गत वर्षको भन्दा ३९.४३ प्रतिशतले बढी हो ।

गत वर्ष कम्पनीले २१ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले सञ्चालन नाफा भने १३ करोड ५४ लाख रुपैयाँ गरेको छ । जुन सञ्चालन नाफा गत वर्षको भन्दा ९७५.११ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ करोड २५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । यस्तै गत वर्ष ४.१६ प्रतिशत खराब कर्जा रहेको कम्पनीको यो त्रैमाससम्म आउँँदा घटेर ३.२५ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्म कम्पनीले ३ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा १ अर्ब १० करोड रुपैयाँ रहेको छ भने आम्दानीमा पनि २० रुपैयाँ ३६ पैसाले बढेर ३७ रुपैयाँ ४८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ६८ पैसा रहेको कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी