Skip to content
LAXMI SUNRISE BANK

गुँरास लाइफको ११औं साधारणसभा सम्पन्न, के-के प्रस्ताव भए पारित !

अर्थ सरोकार

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाण्डौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूंजी १,९७,८५,८४,६००  को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम १०,८६,६५,४०० ( दश करोड छयासी लाख पैंसठ्ठी हजार चार सय ) बराबरको बोनस सेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत ५७,१९,२३१.५७ ( सन्ताउन्न लाख उन्नाइस हजार दुई सय एकतिस र सन्ताउन्न पैसा ) नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंक (Fraction Share)सेयर र पहिला यथावत कायम रहेको दशमलब पछिको अंक(Fraction Share)सेयर समेत थप गर्दा १ कित्ता सेयर दिन सकिने भएमा सो दिई बाकी रहन आउने दशमलब पछिको अंक(Fraction Share)सेयरलाई यथावत राख्ने प्रस्तावसमेत पारित गरेको छ ।

बोनस सेयर जारी पश्चात् बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK