काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ४ करोड ९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन नाफा गत वर्षकोभन्दा ४.१५ प्रतिशतले कम हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क पनि १०.३० प्रतिशतले घटेर ८६ करोड ३३ लाख ८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बिमा कोषको आकार भने २७.८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्