Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा आज, ५.७८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव

अर्थ सरोकार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १० गते शुक्रबार बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा गर्ने कम्पनीले जनाएको छ । सभाले कम्पनीको प्रस्तावित ५.७८ प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी बृद्धि हुने भएकाले सोही अनुरुप नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनको लागि कमपनीले कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गरेको छ । यसअनुसार कात्तिक २२ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश तथा सभामा भाग लिन पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK