×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन डिस्टिलरीको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, कमायो २१ करोड १२ लाख ८१ हजार रुपैयाँ नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन डिस्टिलरीको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, कमायो २१ करोड १२ लाख ८१ हजार रुपैयाँ नाफा

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २१ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको भन्दा १२.७० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १८ करोड ७४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थियो ।

हिमालयनको उत्पादन बिक्री आम्दानी पनि बढेर १ अर्ब २३ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा उत्पादन बिक्रीबाट ९६ करोड ९८ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।यस्तै कम्पनीको रिजर्भ कोषमा १ अर्ब ३४ करोड ८१ लाख ७४ हजार रुपैयाँ रहेको छ । यस्तै गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी १२९ रुपैयाँ ६३ पैसा रहेकामा यस वर्ष घटेर ९७ रुपैयाँ ४० पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ १४ पैसाबाट बढेर २५५ रुपैयाँ ३७ पैसा पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख २ हजार रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी