काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । नेपाल पे क्युआर संचालन गरी ग्राहकलाई डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउने बिषयमा बैंक र एनसिएचएलबीच कार्तिक २३ गते सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बैंक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ग्राहकहरुले नेपालपे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआर मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसिएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउने छ । यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्