×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूरको मुद्दामा फरार रहेकी प्रतिवादी ललिपुरबाट पक्राउ, ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसूरको मुद्दामा फरार रहेकी प्रतिवादी ललिपुरबाट पक्राउ, ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्दामा काठमाडौं जिल्ला,का.म.न.पा १० स्थायी वतन भई हाल ललितपुर जिल्ला, सानागाँउ बस्ने ५१ वर्षय दुर्गा शाही सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सानागाँउ ललिपुरबाट पक्राउ बुधबार पक्राउ गरेको हो ।

उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी जाहेरवालालाई झुक्यानमा पारी सन् २०७५/०७/०६ गते हिमालयन बैंक लिमिटेडको चेक काटी सो कसुर गरेकी थिइन् । पक्राउ परेकी सापकोटालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी