×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सले पहिलो त्रैमासमा कति नाफा कमायो ? यस्तो छ संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयन जनरल इन्स्योरेन्सले पहिलो त्रैमासमा कति नाफा कमायो ? यस्तो छ संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण

Artha Sarokar

३ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा २.४७ प्रतिशतले बढी हो । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद बिमा शुल्क पनि ४.८५ प्रतिशतले वृद्धि भएर ८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको बिमा कोषको आकार गत वर्षको यसै अवधि भन्दा ०.२२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५७ करोड ४१ लाख रुपैयाँ रहेको बिमा कोष यस त्रैमासमा ०.२२ प्रतिशतले वृद्धि भएर ५७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद दाबी भुक्तानीमा ४ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ६१ पैसा रहको छ । जगेडा कोषमा ३८ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी