काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आइपीओ निष्कासन गर्नको लाति धितोपत्र बोर्डसँग अनुमति पनि मागेको छ । यससँगै बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउने भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम भने बीओके क्यापिटल मार्केटले गर्ने भएको छ ।