×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसीएफसी फाइनान्सले पुस ५ गते डाक्यो १८औं वार्षिक साधारणसभा, यस्ता छन् पेश हुने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइसीएफसी फाइनान्सले पुस ५ गते डाक्यो १८औं वार्षिक साधारणसभा, यस्ता छन् पेश हुने प्रस्तावहरु

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइसीएफसी फाइनान्सले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ५ गते १८औं वार्षिक साधारणसभा डाकेको हो । कम्पनीले सभामा १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सभा अम्रपाली ब्यांक्वेट थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने विशेष प्रस्ताव पनि रहेको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गतेबाट पुस ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर २२ गतेसम्म नेप्सेमा कायम सेयरधनीले नगद लाभांश पाउँने भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी