×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बीच बीमा सेवा सम्बन्धि सम्झौता, चालक तथा ग्राहकलाई बीमा सेवा प्रदान गरिने

LAXMI SUNRISE BANK
GLOBAL

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बीच बीमा सेवा सम्बन्धि सम्झौता, चालक तथा ग्राहकलाई बीमा सेवा प्रदान गरिने

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Pick Me बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात Pick Me का चालक र Pick Me प्रयोग गर्ने सबै ग्राहकहरुको रु. १,००,०००/– (अक्षेरुपी एक लाख) सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात Pick Me का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट Pick Me का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा Pick Me ग्राहकले ride sharing, food delivery, logistic support, mart एउटै एपबाट गर्ने व्यवस्था रहेको र सो एप Playstore तथा App Store बाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराएका छन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Pick Me का चालक र ग्राहकहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा Pick Me का अध्यक्ष लगायत Pick Me टिमलाई धन्यवाद दिँदै Pick Me प्रयोग गर्ने चालक र सबै ग्राहकहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह समेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी