कञ्चनपुर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ शाखा पुनर्वास नगरपालिकामा बिस्तार गरेको छ । हालै पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले सभापतित्व गरी पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाको प्रमुख आतिथ्य रहेको उक्त समारोहमा मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
त्यस्तै उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदुरपश्चिमका जनमानसमा जीवन बीमाको पहुँच तथा जागरुकताकोलागि सो शाखा बिस्तार कोसेढुंगा रहने बिचार व्यक्त गरे । सोही क्रममा कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले कम्पनीमा बीमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए । उक्त शाखाबाट सुदुरपश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दाहरुलाई सहज रुपमा इन्स्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु अझैसुदृढ र सक्षम हुने कुरामा कम्पनि बिश्वस्त रहेको कुरा कम्पनिका सुदुरपश्चिमका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले बताए ।
चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई सेयर बिक्रि गर्न लागेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सर्वसाधारण जनसमुदायमा जिवन बिमाको सुलभताको लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए । हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप-शाखा संचालनमा छन् । कम्पनीमा हाल २,०७,४३४ बीमित छन् भने २३,४१४ अभिकर्ता कार्यरत छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्