×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा एउटै ‘स्टार्ट-अप’को मुल्यांकन अर्बौ डलर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारतमा एउटै ‘स्टार्ट-अप’को मुल्यांकन अर्बौ डलर

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले स्टार्ट-अपको क्षेत्रमा विश्वको नेतृत्व गरिरहेको दावी गरेका छन् । उनले कोरोना संकटको बाबजुद भारतमा हरेक १० दिनमा एउटा ‘युनिकोर्न’ बनेको छ ।यूनिकोर्न एक यस्तो स्टार्ट-अप हुन्छ, जसको मूल्याङ्कन कम्तीमा एक अरब डलरभन्दा माथि हुन्छ’ । मोदीले आफ्नो मासिक रेडियो कार्यक्रम ‘मनका कुरा’ को ८४औं संस्करणमा भने, ‘समृद्ध देशका लागि युवाहरू आइडिया, इनोवेशन र कार्य पूरा गर्ने अठोटले धेरै महत्व राख्दछ । आजकल चारैतिर स्टार्ट-अपको चर्चा छ ।

स्टार्ट-अपको संसारमा आज भारत विश्वमा एक प्रकारले नेतृत्व गरिरहेछ । यो क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ । यहाँसम्म कि देशका स-साना सहरहरूमा पनि स्टार्ट-अपको पहुँच बढेको छ’।उनले आफ्नो प्रधानमन्त्रीको प्रथम कार्यकालमा यूनिकोर्नको स्थितिको उल्लेख गर्दै भने, ‘साल २०१५ सम्म देशमा मुश्किलले ९ वा १० यूनिकोर्न हुनेगर्थ्यो । अब यूनिकोर्नको संसारमा पनि भारतले तीव्र उडान भरिरहेछ । एक रिपोर्ट अनुसार, यही वर्ष एक ठूलो परिवर्तन आएको छ । केवल १० महिनामै भारतमा हरेक १० दिनमा यो यूनिकोर्न बनेको छ । यो यसैले पनि ठूलो कुरा हो किनभने हाम्रा युवाहरूले यो सफलता कोरोना महामारीबीच हासिल गरेका छन् ।

आज भारतमा ७० भन्दा धेरै यूनिकोर्न भईसकेको छ । अर्थात् ७० भन्दा धेरै स्टार्ट(अप यस्ता छन्, जसले एक अरब डलरभन्दा धेरैको मूल्याङ्कनलाई नाघेको छ । यसैले गर्दा देश-विदेशका निवेशकहरूबाट उसले समर्थन पाइरहेछ । शायद केही सालअघि कसैलेपनि यसको कुनै कल्पना पनि गर्नसक्थेन । स्टार्ट-अपको माध्यमले भारतीय युवाहरूले वैश्विक समस्याहरूको समाधानमा पनि आफ्नो योगदान दिइरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी