×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना प्रभावित ८७ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा, रोजगारीको अवस्थामा समेत सुधार

काठमाडौं । उद्योग व्यवसायहरु मध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको छ । कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायहरुमध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो ।

उक्त सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादनरकारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको अनुसन्धानले देखाएको छ । त्यसैगरी राष्ट्र बैंकले २०७८ बैशाखमा सम्पन्न गरेको दोस्रो पुनरावृत्ति सर्वेक्षणले ८१.२ प्रतिशत उद्योग-व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, १४.६ प्रतिशत उद्योग-व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ४.२ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेको देखाएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: