काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४ करोड ७४ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ११७.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड १८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ५९ लाख ६७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको यो खुद ब्याज आम्दानी अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १६०.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस्तै सञ्चालन नाफा पनि १६८.०४ प्रतिशतले बढेर ५ करोड ४४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ३ लाख १९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४८ पैसा रहेको छ । यता कम्पनीको खराब कर्जा भने ३.२८ प्रतिशत ले बढेर ४.६५ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्