नेपालका सूचीकृत कम्पनीहरुमा भित्री कारोबार हुने तथ्य नौलो होइन । कतिपय भित्री कारोबार त पुष्टीसमेत भएका छन् । तर कानुन नभएको बहाना पारेर वा अन्य कारण देखाएर यसरी गलत गर्नेहरुमाथि कारवाही आजसम्म भएको छैन । राधी जलविद्युत कम्पनीको केसमा होस् वा अजोड इन्स्योरेन्स प्रकरणको केसमा होस्, भित्री कारोबार गर्नेलाई कारवाही नगरेको पछील्लो उदाहरण छरपष्ट नै छ । तर आखिर नियामक धितोपत्र बोर्डले किन यस्तो गलत गर्नेलाई कारवाही गर्दैन त ? अर्थ सरोकारको साप्ताहिक टेलिभिजन प्रस्तुती ‘मार्केट टक’मा सेयर बजार विशेल्षक रविन्द्र भट्टराईले यसको खास कारणको खुलासा गरेका छन् ।
१. नियामक निकायका कर्मचारीहरु जाँडमा बिकेका छन् । भट्टराईका अनुसार नियामक भएपछी त्यहाँका कर्मचारीहरु स्वार्थ बाझिने व्यक्ति वा संस्थाले गरेको कार्यक्रममा जाँड खान जान हुँदैन । तर नेपालमा खुलेआम बोर्डका कर्मचारीहरु यस्ता कार्यक्रममा गएर रक्सी खाने गर्छन् । यहीं नै उनीहरुको कुरा मिलिसक्छ ।
२. बोर्डका कर्मचारीहरुलाई सुरक्षाको चिन्ता छ । कसैलाई कारवाही गर्दा कर्मचारीमाथि भौतिक हमला भयो भने कसले जिम्मेवारी लिने ?
३. कारवाही गर्दा जागिर नै जाने चिन्ता कर्मचारीमा छ । त्यो रिस्क किन लिने भनेर उनीहरु यस्ता केसहरुमा खासै वास्ता नै गर्दैनन् ।
कार्यक्रममा भट्टराईले नेपालको पूँजीबजारका अन्य समस्याका बारेमा पनि बोलेका छन् । समग्रमा उनले सो अन्तर्वार्ताका क्रममा लगानीकर्ताहरुलाई कमाउने टिप्स देखि जोखिम कहाँ छ भनेर समेत खुलाईदिएका छन् । हेर्नुहोस् भट्टराईसँगको सो अन्तर्वार्ता:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्