जाजरकोट । जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ । पचास शैयाको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जनाइएको छ ।
भवन निर्माण ७० प्रतिशत पूरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शैयाको अस्पताल छ । प्रदेश सरकारका मताहातमा स्वास्थ्य सेवा कार्यालय भए पनि सङ्घीय बजेटमा सो प्लान्ट खरिद गरिएको जनाइएको छ । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका आफू सधैँ सक्रिया भएको बताए । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताए ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्