धनुषा । भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ ।धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाउनुभएको हो ।
प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गर्नुभयोे । पूजाअर्चनाका लागि जानकी मन्दिर पुग्नुभएका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयोे, “नेपालमा गौ हत्या भइरहेको छैन तर भारतमा चार/चार शङ्काराचार्य भएर पनि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्याइदिनुस् ।”प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका-७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गर्नुभएको थियोे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्