×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नौमूले लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या, स्थानिय अन्धकारमा बस्न बाध्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नौमूले लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या, स्थानिय अन्धकारमा बस्न बाध्य

Artha Sarokar

५ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका-५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या आउदा चार गाउँ अन्धकार भएका छन् । मङ्गलबारदेखि विद्युत्गृहमा समस्या आएको हो । विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिनुभयो ।

गुठिचौर गाउँपालिका-५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अध्याँरोमा बस्न बाध्य छन् । विद्युत् गृह मरमत गर्न अझै एक हप्ता लाग्ने जनाइएको छ । गाउँपालिकाभित्रका करिब ५५० घरधुरीका उपभोक्ता विद्युत्बाट लाभान्वित भएका थिए ।

विद्युत् अवरोध भएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न, सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन् । ७६ किलोवाटको क्षमताको लघुजलविद्युत् सञ्चालनमा ती गाउँबस्तीलाई सहज भएको थियो । त्रिभुवन माध्यमिक विद्यालयका लेखापाल राजेन्द्र भण्डारीले विद्युत् अवरोध हुँदा अध्यापनमा समस्या भइरहेको जानकारी दिनुभयो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी