Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकद्धारा ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड, समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य

अर्थ सरोकार

काठमाडौं । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो । बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रर्वद्धन गर्दै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड गरेको हो ।

ज्योति स्मार्ट मोबाइल बैंकिङ एप अपग्रेड भएसंगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, Self-Account Link अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ एप र वेब ब्राउजबाट उठाउन सक्नेछन् । त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले Self Register गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ सेवाहरु सम्बन्धी जानकारी पाउन सक्नेछन् ।

यस सुविधा नयाँ प्रयोगकर्ताहरुले Playstore  अथवा Appstore बाट App डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरुले App लाई Update गरि नयाँ सेवाहरूको लाभ लिन सक्नेछन् । बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK