काठमाडौं । कालिका पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ४ करोड २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको यसै अवधिकोभन्दा १२.४१ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ खुद लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.४४ प्रतिशतले बढेर ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २६ रुपैयाँ ६७ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै जगेडा कोषमा १८ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्