काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक साधारणसभा कात्तिक २३ गते बोलाएको छ । बैंकले सो सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजे बोलाएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९७% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै बैंकले सभामा बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि पेस गर्नेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ ।
सभा तथा लाभांश वितरणका लागि बैंकले कात्तिक १० गते बुक क्लोज गरेको छ । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्