×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंकले गर्यो नयाँ शाखा विस्तार, सहज र छरितो रुपमा सेवा प्रदान गर्ने लक्ष्य

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेका कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका अध्यक्ष सुदीप आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: