×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंकको क्षेत्रीय शाखा कार्यालयको समुद्घाटन सम्पन्न, सहज र छरितो रुपमा सेवा प्रदान गर्ने लक्ष्य

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप-महानगरपालिका वडा नं. ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालकी भिम प्रसाद तुलाचनले आज एक समारोहकाबीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा समुद्घाटन गरेका छन् । ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको थियो ।

बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासंगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । उक्त उद्घाटन समारोहमा बैंकका संस्थापकहरु, पत्रकारहरु, ग्राहकहरु, बैंकका क्षेत्रीय प्रमुख, तथा कर्मचारीहरुलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: