×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१९.४७ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित कामना सेवा विकास बैंकले बोलायो १५औं वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१९.४७ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डासहित कामना सेवा विकास बैंकले बोलायो १५औं वार्षिक साधारणसभा

Artha Sarokar

२२ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १५औं वार्षिक साधारणसभा कात्तिक २३ गते मंगलबार बोलाएको हो । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने एजेण्डा पनि रहेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेण्डा पनि छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १० गते बुक क्लोज गरेको छ । जसकारण कात्तिक ९ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभा भाग लिन र लाभांश पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी