काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १५औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएको छ । देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टरमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ ।
कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वार्ड नं. ६, नारायणटार स्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, संघका पधादिकारी, वार्ड अध्यक्ष श्री रमेश अर्याल तथा स्थानीय ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्