बुटवल । कामना सेवा विकास बैंकले आफ्नो १५औं वार्षिक उत्सवको अवसरमा क्षेत्रिय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्र्तगत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा बैंकका सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचन, बैंकका पुर्व सञ्चालक तथा लुम्विनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठ, बैंकका पुर्व संचालकहरु तथा सस्थापक सेयरधनिहरु, बैंकका क्षेत्रिय प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरि १५औं वार्षिक उत्सव समारोह सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र बैंकका पुर्व सञ्चालक तजा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले संयुक्त रुपमा पानसमा बत्तिवालि गरेका थिए । बैकंको वर्तमान अवस्था र भावि रणनितीको वारेमा संचालक भिम प्रसाद तुलाचनले पष्ट पारेका थिए ।
बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरु बाट सप्ताहव्यापी रुपमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदना, बृक्षारोपण, सार्वजनिक स्थल सरसफाई तथा जनचेताना, विपन्न परिवारका विद्ययार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विपन्न बर्गका विद्यार्थिलाई न्यानो कपडा वितरण, वालमन्दिरका वाल बच्चाहरुलाई फलफुल वितरण, अनाथ आश्रममा आश्रितलाइ स्वास्थ सामाग्री वितरण, प्रहरी कार्यालयमा यूरो फिल्टर वितरण सार्वजनिक स्थलहरुमा डस्टविन वितरण जस्ता कार्यहरु गरेर बैंकको १५औं बार्षिक उत्सव मनाएको बैंकका क्षेत्रिय प्रबन्धक मोहन दत्त खनालले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्