×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामना सेवा विकास बैंकद्वारा बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक डिमुवा शाखाले बैंकको १५औं बार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत  मोदि गाउपालिका वडा नं. ०३, घुरुङ्गसेरामा रहेको बिद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण गरेको छ ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ । बैंकका धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष देवेन्द्र बहादुर क्षेत्रीले आजको यस कार्यक्रमले बैंक र समुदायबिचको सम्बन्ध अझ सुमधुर हुने र समुदायस्तरमा हुने हरेक आर्थिक गतिबिधिहरु बैंक मार्फत नै सञ्चालन गर्न ब्यवस्था मिलाउने बताएका थिए । साथै यस सहयोगले बिद्यालयको शैक्षिक स्तरमा समेत सुधार हुने बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काको सभापतित्व, मोदि गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष देबेन्द्र बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता , डिमुवा शाखा प्रमुख किशोर तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा धौलागिरी क्षेत्र प्रमुख शालिकराम अधिकारी , कुश्मा शाखा प्रमुख शिव आचार्य तथा डिमुवा शाखाका कर्मचारी मोहन सुवेदि र हरि प्रसाद गौतमलगायत बिद्यालयका सम्पुर्ण शिक्षक शिक्षीकाको समेत उपस्थिती रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी