काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले “द भ्वाइस किड्स नेपाल“ सँग एक मात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । कार्यक्रम कात्तिक २६ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण भएको थियो र अहिले सम्म मा थुप्रै फ्यान बटुलिसकेको छ । कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन्।
यस बारे ‘खल्ती’का सह–संस्थापक अमित अग्रवालले भने, “हामी ‘हिमालयन टिभी’ र ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणको लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं। ‘द भ्वाइस किड्स नेपाल’ लाई हाम्रो देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउदै यहाँ रहेको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चको रुपमा हामीले लिन सक्छौं।”
‘द भ्वाइस’अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक शोबाट सुरु भएको थियो । तीन सफल शृङ्खलाहरू लगत्तै , ‘द भ्वाइस’ ले बालबालिकाहरूलाई केन्द्रित गरेर ‘द भ्वाइस किड्स नेपाल’नामक नयाँ शृङ्खला लिएर उपस्थित भएको छ।
रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुन्छ। अहिले कार्यक्रम ब्लाइन्ड अडिसन राउन्डमा चलिरहेको छ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन् । ब्याटल राउन्डको अन्त्यसंगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने उम्मेदवारलाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ। ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्