काठमाडौं । न्यु बिजिनेस एजद्वारा आयोजित “न्यु बिज स्टार्ट अप समिट एण्ड अवार्ड २०२१” मा खल्ती (स्प्यारो पे प्रा.लि.) लाई स्टार्टअप सक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ । ५ वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको छ । हाल कम्पनीमा २३० जना खल्ती परिवार छन् भने, ६०,००० व्यापारी तथा २० लाख खल्तीका प्रयोगकर्ताहरूले खल्तीलाई विश्वास गर्दै आएका छन्।
यस उपलब्धिमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, यस सम्मानको योग्य बन्न पुर्याउनु भएको योगदानको लागि सम्पूर्ण खल्ती परिवार,साझेदार, नेपाल राष्ट्र बैंक, व्यवसायी, एजेन्ट र प्रयोगकर्ताहरूलाई धन्यवाद दिन चाहन्छौं । सहजताको साथ वित्तीय साक्षरता र पहुँच, हरेक नेपाली माझ पुग्न केही समय लाग्नेछ । त्यहाँ नपुगुन्जेल हामी कडा परिश्रम गरिरहनेछौं ।”
खल्ती नेपालको फिनटेक उद्योगमा एक युवामैत्री, प्रचलित र नवीन ब्रान्ड बन्न पुगेको छ । हाल, लाखौं मानिसहरू नियमित रूपमा स्वयम् र एजेन्ट नेटवर्कमार्फत विभिन्न बिल भुक्तानी सेवाहरूको लागि व्यापक रूपमा प्रयोग गर्छन् । प्रयोगकर्ताहरूले विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल र रिचार्ज, उडान र होटल बुकिङ, चलचित्र र कार्यक्रम टिकट, पत्रिकाको शब्स्क्रिप्शन , अनलाइन सपिङ साइट भुक्तानीहरू, र विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरूबीच बीमा प्रिमियम भुक्तानी सेवाहरू प्रयोग गर्न सक्नेछन्।
खल्ती एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि आकृती शर्मा लाई [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्