बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउनुहुन्छ । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थाल्नुभएका उहाँले जिल्लामा किबी जागरणनै ल्याउनुभएको छ । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको छ ।
नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ । जिल्लामा एक दशकदेखि व्यावसायिक खेतीगर्न थालिएको किबीको अहिले लहर नै चलेको छ तर जिल्लामा हचुवाको भरमा खेती गर्नाले फल भने सानो लाग्ने गरेको छ । गाउँ–गाउँमा धेरै थोरै किबीको उत्पादन हुँदा मूल्यमा भने गिरावट आएको छ । उहाँले किबीको मूल्य सुरुमा एक हजार भए पनि अहिले मूल्य घटेर तीन÷चार सयप्रति केजीमा सीमित भएको बताउनुभयो ।
पाइजाको अनुसार गुणस्तरीय किबी उत्पादन भएमा अहिले पनि प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुँने उहाँको भनाइ छ । “खेती गर्ने किसान त बढेका छन् त्यसैले उत्पादन बढेर पनी बजारको मूल्य घटेको हो तर गुणस्तरीय किबी अझै उत्पादन हुनसकेको छैन, बागलुङमा विदेशमा फल्ने किबी र यहाँ फल्ने किबीमा धेरै फरक छ” अध्यक्ष पाइजाले भन्नुभयो,“एकीकृत उत्पादन गर्ने र एउटा ब्राण बनाएर बेच्ने भने मात्रै मूल्य पाइन्थ्यो, हाम्रो छरिएको उत्पादन र छरिएको बजारले गर्दा समस्या भएको हो तैपनी किसानको किबीप्रतिको मोहो राम्रो छ ।” उहाँका अनुसार प्राविधिकको सल्लाह बमोजिम किबीको बिरुवाको काटछाट र मलजल गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले २५ रोपनीमा १० वर्षदेखि किबीखेती गर्दै आउनुभएको छ । यस्तै काठेखोला गाउँपालिका–७ का वडध्यक्ष प्रेम लामिछाने परीक्षणका लागि लगाइएको किबीका बिरुवाले दुईवर्षदेखि उत्पादन दिन थालेको बताउनुभयो । उहाँले दुई रोपनी जग्गामा लगाउनुभएको ३० किबीका बोटले गत वर्षदेखि उत्पादन दिनथालेपछि किबी खेतीको विस्तार गर्ने योजनामा हुनुहुन्छ ।
उहाँले भन्नुभयो “मैले व्यावसायिक रुपमा नलगाएर परीक्षणको लागि मात्रै लगाएको हुँ, किबीले राम्रो उत्पादन दिन सुरु गरेको छ, गतवर्ष १०० केजी किबी बिक्री गरेको थिएँ, अहिले त्यो भन्दा बढी बिक्री गर्ने योजनामा छु ।” पाँच वर्षअघि किबीको मूल्य प्रतिकेजी एक हजार थियो तर अहिले मूल्य घटेर ३०० मा झरेको छ । लामिछानेको भनाइ छ ।
सिगानामा पहिलो पटक किबीखेती भित्र्याउनुभएका पूर्व शिक्षक अनन्तबहादुर खड्काले यसवर्ष उत्पादन घटेको बताउनुभयो । आठ वर्षदेखि किबीखेती गर्दै आउनुभएका खड्काले यसवर्ष किबीको बिरुवा काटछाँट गर्न नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले यसवर्ष जम्मा ३०० केजी किबी बजार पठाउने तयारीमा हुनुहुन्छ । खड्काले पनि भनेजस्तो मूल्य नपाएको गुनासो गर्नुभयो ।
उहाँले गतवर्ष उत्पादन गरेका किबीलाई पोखरामा बजारीकरण गरेको जानकारीदिनुभयो । यस्तै जिल्लाको ताराखोला, दूलिभाटी, निसीखोला बजार, बलेबा र जैमिनीलगायतका क्षेत्रमा समेत किबी खेतीप्रति किसानको आर्कषण रहेको छ । सिगानाकै हरिबहादुर जिसीले पाँच वर्षदेखि आफ्नो कृषि फर्ममा किबी उत्पादन गर्दै आउनुभएको छ । कृषि क्षेत्रको जागिरे जीवन अवकासपछि उहाँले गाउँमै कृषि तथा पशुपक्षी फर्म सञ्चालनमा ल्याउनुभएको छ ।
किबीको बिरुवा बढ्दै गएपछि झालमा परिणत हुँने गरेको छ । किसानले झाललाई राम्रो थाँक्रो हाल्नसके मात्रै किबीको राम्रो उत्पादन हुन्छ । जिल्लामा उत्पादन भएको किबीको फल सानो भएकाले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्