काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो । सभामा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ । यस्तै अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने भएको छ । सभा प्रयोजनको लागि कम्पनीले कात्तिक ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ कात्तिक २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्