काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले कास्कीको ढिकुरपोखरी, लमजुङको भोर्लेटार तथा गोरखाको बास्कोट गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई तालिम प्रदान गरेको हो । संस्थाले बेमौसमी तरकारी खेती, व्यवसायिक च्याउ खेती तथा बाख्रापालन तालिम प्रदान गरेको हो ।
मंसिर २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६४ जना ग्राहकहरुलाई सहभागी गराइएको संस्थाले जनाएको छ । ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गर्ने हेतुका साथै परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो । तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई सफल उद्यमी बनाउन मद्दत पुग्ने र ग्राहकहरुले तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्