×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले डाक्यो कात्तिक २६ गते वार्षिक साधारणसभा, १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे बैंकले डाक्यो कात्तिक २६ गते वार्षिक साधारणसभा, १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

Artha Sarokar

२४ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्नो २३औं साधारणसभा कात्तिक २६ गते शुक्रबार डाकेको हो । बैंकको उक्त होटल पोखरा ग्राण्ड पार्दि पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । यस्तै बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ । जसकारण कात्तिक ६ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी