काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसर्थ बैंकले ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको रकम बोनस वितरण गर्ने भएको छ भने नगद ३ करोड ५१ लाख ८३ हजार १८७ रुपैयाँ वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने भएको छ । गत वर्ष बैंकले ९ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी कुल ९.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्